काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा खट्न युवाहरूलाई आग्रह गर्नुभएको छ । युवाकै बलमा कांग्रेस बलियो र चुनावसमेत जित्ने बताएका उहाँले युवाहरू एकजुट भएर खट्नुपर्ने बताउनुभयो ।
तरूण दल भानु नगरसमितिले मंगलबार गरेको कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो, ‘कांग्रेसको मेरूदण्ड नै तरूण युवा हुन्। युवाहरू एकजुट भएर पार्टीलाई स्थानीयलगायत चुनावमा जिताउनुपर्छ।’
कांग्रेसले जिते मात्रै देशको विकास सम्भव भएको दाबी उहाँको थियो। पार्टीमा युवाको भूमिका महत्वपूर्ण रहेको पनि उहाँले बताउनुभयो। युवा शक्तिकै कारण पार्टी बलियो हुने उहाँको भनाइ थियो।०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिना चुनावी अभियान सञ्चालन गर्ने भएको छ। सेतोपाटीबाट






















