मतपत्रको रङभन्दा आफ्नो ढंग सच्याउ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिनुभएको छ ।महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गर्नुभयो ।

महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिनुभएको हो ।अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथी टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गर्नुभयो । उहाँले अध्यक्ष ओलीलाई मतपत्रको रङभन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, ुकुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ। मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होलारु त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु।’उहाँले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरुको समिक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिनुभयो । अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाउनुभएको थियो।nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार