
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट हुने बताउनुभएको छ ।
तालमेल गर्ने वा नगर्नेबारे चैत दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरिने र बैठकको निर्णयअनुसार यसको टुंगो लाग्ने शर्मा बताउँनुहुन्छ ।‘तालमेल गर्ने वा नगर्ने भन्नेबारे केन्द्रीय समिति बैठकमा छलफल गर्छौं, त्यहीबाट निक्यौल गरिन्छ,’ मंगलबार खाँदबारीमा पत्रकारहरूसँग महामन्त्री शर्माले भन्नुभयो, ‘केन्द्रीय समितिको सुझावअनुसार नै अघि बढ्छौं।’
उहाँले ०७९ वैशाख ३० मै स्थानीय चुनाव हुने भएकोले तयारी थाल्न आग्रह गरेका थिए। पार्टीको‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान फागुन २९ देखि चैत २९ सम्म चल्ने उहाँले बताउनुभयो। उहाँले कांग्रेसलाई नयाँ ढंगको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न चुनाव केन्द्रिय अभियान चलाइएको पनि बताउनुभएको थियो । चुनावमा विचार र विकासका बहस गर्नु जनताका लागि हितकर हुने उहाँको भनाइ थियो । सेतोपाटीबाट