
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुग्नुभएको छ । उहाँले आफूहरूले वृद्धभत्ता सुरू गरेको प्रसंग निकाल्नुभएको छ ।
‘कसैले केही गरेन, केही गरेन भनेर पो भन्नुहुँदो रहेछ त,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘म उपप्रधानमन्त्री र मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ता सुरू गरेको हो, त्यो काम सुरू गर्ने म यहाँ छु, स्याबास् भन्नुपर्ने होइन?’उहाँले ०५१ मा मासिक एक सय रूपैयाँ दिने गरी वृद्धभत्ता सुरू गरिएको बताउनुभयो।
जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभए पनि केही काम भने भएको अध्यक्ष नेपाल बताउँनुहुन्छ । उहाँले लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि आग्रह गरेका थिए।सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु।’लाप्राक पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। सेतोपाटीबाट