थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ७८ पीसीआर परीक्षणमा ४१ जना र ७ सय ७४ एन्टीजेन परीक्षणमा ४ जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ४७ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार