रोटोको सहयोगमा २० जनाले पाए आँखाको ज्योती

काठमाडौँ । जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी। रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् ।

डा। बेन लिम्बुलगायतले २० जना बिरामीको सर्जरी गरेका हुन् । रोटोले २० जना बिरामीलाई आँखाको उज्यालो दिन सकेकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन बताएको छ ।

राटोले १५० भन्दा बढी देशका उपभोक्ताहरूका लागि विभिन्न उत्पादनहरु उपलब्ध गराएर विश्वभर ७३ कम्पनी स्थापना गरिसकेको छ । रोटोले नेपालमा आफ्नो संस्था र बनेपामा कारखाना स्थापित गरेर भी.रोटो आई ड्रम्प, एक्ने, सनप्ले, वक्सी, हाडा लाबो, सेल्सन र लिप्आइसलगायत उत्पादन गर्दै आएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार