नेकपा माओवादी केन्द्र गण्डकीले चार महिनापछि पायो पूर्णता

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले पूर्णता पाएको छ। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले अधिवेशन भएको झण्डै चार महिनापछि पूर्णता पाएको हो।

गत मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रक्रियामार्फत भएपनि पदाधिकारी चयन गर्न निर्देशन दिएपछि बुधबार बसेको बैठकले निर्वाचनमार्फत पदाधिकारी छान्ने निर्णय गरेको थियो। लगत्तै अपराह्नदेखि पदाधिकारी छान्न मतदान भएको थियो ।

राती अबेर सम्पन्न मतगणनामा तीन उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ गैह्रे (बागलुङ)लाई चयन गरेको छ। ६ जनाबीच भएको प्रतिष्पर्धामा शर्माले ९०, बस्यालले १२० र गैह्रेले ९३ मत प्राप्त गरे। उपाध्यक्षका अन्य प्रतिष्पर्धी गोर्खाका लोकप्रसाद बञ्जाराले ४८, कास्कीका गंगाप्रसाद पोखरेल ४६ र तनहुँकी गीता शाहीले ६६ मत प्राप्त गर्दै पराजित भए।

त्यस्तै, एक एचिवमा जगन्नाथ खनाल (गोरखा) निर्वाचित भएका छन्। दुईजनाबीच भएको प्रतिष्पर्धामा खनाल विष्णु भट्ट (गोरखा)लाई नै २६ मतले पछि पार्दै बिजयी भए। खनालले एक सय मत प्राप्त गर्दा भट्टले ७४ मत प्राप्त गर्दै पराजित भए।त्यस्तै तीन सहसचिव पदका लागि भएको निर्वाचनमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका हुन्।

तीन सहसचिवका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा भण्डारी १०४, न्यौपाने ११३ र विक १०८ मत ल्याउँदै बिजयी भएका हुन्। सहसचिवका अन्य प्रतिष्पर्धी कल्पना अर्याल (स्याङ्जा)ले ६६, राजकुमार दाहाल (कास्की)ले ५१ र कास्कीकै जीवन खातीले २३ मत प्राप्त गरे।एक कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन्। निर्वाचित उनले ११० मत प्राप्त गरेर बिजयी हुँदा पराजित कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत प्राप्त गरे। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार