काँग्रेसमा गठबन्धन बहसः गण्डकी र कर्णाली प्रदेश प्रमुख विपक्षमा

काठमाडौँ । नेपाली काँग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने हुनुभएको छ ।

नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी र कर्णाली प्रदेशका प्रदेश सभापति विपक्षमा उभिने हुनुभएको हो ।

शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धन गरेर गएमा काँग्रेसको पहिचान गुम्ने जनाउँदै विपक्षमा मत प्रकट गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिनुभयो। ‘शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धनको विपक्षमा रहनु भएको छ,’ गौतमले भन्नुभयो, ‘गण्डकीका शुक्रराज शर्मा र कर्णाली प्रदेशका प्रमुख ललितजंग शाही पनि विपक्षमा देखिनु भएको छ ।’

कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमा कोइराला, प्रकाश स्नेही, टेकबहादुर गुरुङलगायतका नेताहरु बिपक्षमा मत प्रकट गरेको गौतमले जानकारी दिनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार