एजेन्सी । मंगलबार इस्तानबुलमा रुस र युक्रेनबीच भएको शान्तिवार्तामा २४ फेब्रुअरीमा सुरु आक्रमण सुरु भएपछि पहिलोपटक प्रगतिको संकेत देखिएको छ । आफूहरुले युक्रेनमा सैन्य युद्ध अभियानलाई निकै कम गर्ने रुसले बताएको छ ।
तर रुसको यो बचनको विषयमा पश्चिमी देश आश्वस्त छैनन् र यसमाथि आशंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना गर्नुभयो । रुसले यो शान्तिवार्तामा उनीहरुले किभ र चेयरनिवमा आफ्नो हमलालाई निकै कम गर्ने बताउनुभएको छ ।
बेलायत र अमेरिकाले रुसको यो बयानको विषयमा सावधानी अपनाउन अपिल गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क हुन अपिल गर्दै भन्नुभयो, ‘उनीहरुले यसमाथि कस्तो व्यवहार अपनाइरहेका छन् भन्ने मैले नदेखेसम्म यो बयानमाथि मैले विश्वास गर्न सक्दिनँ ।’अब बचनको पालना हुन्छ कि हुन्नँ भन्ने कुरा हेर्न बाँकी रहेको बाइडेनले बताउनुभएको छ ।
उता अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले रसको भनाई र गराइमा अन्तर हुने बताउनुभएको थियो । तर पनि कुटनीतिक सन्दर्भमा टर्कीले यो शान्तिवार्तालाई सार्थक रुपमा प्रगतितर्फ अघि बढिरहेको बताएको छ । मंगलबारको यो वार्ता तीन घण्टासम्म चल्यो तर यसबारे निकै कम जानकारी मात्रै मिडियामा आउन सक्यो । रातोपाटीबाट