अधिकांश स्थानीय तहमा उम्मेदवारी दिन्छौं : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताउनुभएको छ । शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो चुनावी नतिजा हासिल गर्ने पनि दावी गर्नुभयो ।

‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी ठाउँमा जित्छौँ’, उहाँले भन्नुभयो । लिङदेनले पार्टीले यसअघि जितेका चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दावी गर्नुभयो ।

उहाँले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने भन्दै स्थानीय तह भने आवश्यकताको आधारमा चुनावी तालमेल गरेर जान सकिने बताउनुभयो । राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण पनि गर्नुभयो । उदयपुरमा हुन लागेको राप्रपाको निर्धारित कार्यक्रममा सहभागी हुनका लागि उहाँ जनकपुर हुँदै उदयपुर जानुभएको छ । ratopati

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार