काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ३५ पीसीआर परीक्षणमा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणमा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७५ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार २२ रहेको छ ।