काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको चुनावी घोषणा पत्ररप्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताउनुभएको छ । कोइरालाले पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ बजेट खर्च गर्न नहुने बताउनुभयो ।
आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै नेता कोइरालाले गाउँमा खानेपानी समस्या रहिरहने तर पहाडमा भ्युटावर बनाउन बजेट खर्च गर्नु राम्रो नभएको बताउनुभयो ।
‘गाउँमा खानेपानी सुविधा छैन । बजेट भने भ्युटावर र गेट बनाउनमा खर्च भइरहेका छन्,’ कोइरालाले भन्नुभयो, ‘हामी भ्युटावर बनाउँदैनौं भनेर चुनावी घोषणा पत्ररप्रतिज्ञा पत्रमा उल्लेख गर्नुहोस्।’उहाँले भ्युटावरको सट्टा अस्पताल र स्कुललगायत संरचना बनाउन पनि आग्रह गर्नुभएको छ ।
उहाँले फरक प्रसंगमा शिक्षा र स्वास्थ्य राम्रो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो। कोइरालाले आफ्ना हजुरबुवा कृष्णप्रसाद कोइरालाका कुरा निकाल्दै भन्नुभयो, ‘मेरा हजुरबुवा कृष्णप्रसाद कोइरालाको थोत्रा बक्सा थियो। त्यसभित्र पैसा हुँदैनथ्यो। त्यहाँ तिमी इच्छा गर म पुर्याउँछु भन्ने लेखिएको थियो। शिक्षा र स्वास्थ्यको इच्छा तपाईंहरू गर्नुस्, म पुर्याउँछु धन्यबाद।’
उहाँले अहिले सिमलटारमा वडा र गाउँपालिका पनि कांग्रेसका जनप्रतिनिधि नरहेको भन्दै यसपालि भने चुनावका लागि तयार रहनुपर्ने बताउनुभयो।तर कसरी चुनावी तालमेल गर्ने भन्नेबारे पार्टी नेताहरूले बैठक गरेर निर्णय लिने उहाँले बताउनुभयो।सेतोपाटीबाट