देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरेको आरोप लगाउनुभएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुरानै नेपालको नक्सा राखिएको पाइएपछि उनले यस्तो आरोप लगाउनुभएको हो ।

आइतबार एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ दिएनन्, आखिर यसकै लागि जानुभएको रहेछ ।’

‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा त्या नेपालको नक्सा बुच्चे नक्सा राखिएको छ । योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो। अध्यक्ष ओलीले फर्किनुभन्दा अगाडि चुच्चेनक्सा राखेर आउने–नआउने विषयमा समेत प्रधानमन्त्रीसँग जवाफ माग्नुभएको छ ।

ओलीले भन्नुभयो, ‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुर जी ?’सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने ?’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार