गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्छ : उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित गर्न नहुने बताउनुभयो ।

निर्वाचनमा गठबन्धन गर्ने पार्टीबीच प्रमुख/उपप्रमुख र अध्यक्षरउपाध्यक्ष पदमा एकजना महिला हुनुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले भन्नुभयो,‘संवैधानिक हक अधिकारका लागि महिलाले संगठित पार्टीमा सशक्तरुपमा भूमिका खेल्नुपर्नेमा आवश्यकता छ ।’

संवैधानिक अधिकारअनुसार मुलुकका सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउन राजनीतिक पार्टी एवम् निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि महिला नेतृत्व विकास र उद्यमशील हुँदै आर्थिकरुपमा सशक्त भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार