रघुगंगा गाउँपालिका–१ मा कांग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगमा नेपाली कांग्रेसले वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेद्धारमा दोहो¥याउने भएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेस वडा इकाई समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित हुनुभएका फगामीलाई नै पुनः वडा अध्यक्षमा दोहो¥याउने निर्णय भएको वडा इकाई कार्यसमितिले जनाएको छ । काँग्रेसबाट बेगमा वडा सदस्यमा अल्प संख्यकबाट तिप्ल्याङबाट बलमान गौचन, खुल्ला सदस्य बाँदुकबाट भक्त बहादुर शेरपुञ्जा, महिला सदस्यमा बेगबाट सेमिता पुन र दलित महिला सदस्यमा सुनिता विकलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय भएको जनाइएको छ । वडा अध्यक्ष पदमा पुनः उम्मेदवार बन्नुभएका फगामी नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार