मलाई अचेल रेनुको बा भनेर चिन्न थालेका छन् : प्रचण्ड

भरतपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरकी मेयर बनेकी छोरी रेनुका कारण आफ्नो परिचय बदलिएको बताउनुभएको छ ।

बुधबार भरतपुर महानगरले वडा नम्बर २ मा भरतपुर महानगरले आयोजना गरेको भूमिहीन दलितहरू जग्गाधनीको प्रमाण पूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले छोरी रेनुको नेतृत्वमा भरतपुरमा विकासको गति पैदा भएको बताउनुभयो ।

‘२०७४ सालमा रेनु यहाँ आउँदा प्रचण्डको छोरी आयो भन्थे। यद्यपी उनको त्याग थियो। जनयुद्धको अनुभव थियो,’ प्रचण्डले भन्नुभयो,‘मलाई खुसी लाग्छ अहिले मलाई रेनुको बा भनेर चिन्छन् । उहाँले भरतपुर महानगरमा महिलाको नेतृत्व भएकाले विकासले गति लिएको बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार