मंगला गाउँपालिका–१ मा एमालेबाट रोका वडा अध्यक्षका उम्मेद्धार

बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका -१, कुँहुको वडा अध्यक्षमा युवा नेता एकजित रोकालाई अघि सारेको छ । वडा कमिटीको भेलाले रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको नेकपा एमाले मंगलाले जनाएको छ ।

खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर खत्री,दलित महिला सदस्य संगिता किसान र महिला सदस्य दिलकुमारी खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको युवा नेता तथा अध्यक्ष पदका उम्मेदवार रोकाले बताउनुभयो ।०७४को निर्वाचनमा उक्त वडा नेकपा एमाले जितेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार