बेनी नगरपालिका–७ मा शाक्यद्धारा स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

म्याग्दी। बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका कृष्ण बहादुर शाक्ले बेनी नगरपालिका–७, मा आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७, मंगलाघाट निवासी ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको विकासमा खर्चिने अठोट सहित वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

भmण्डै ४१ बर्ष लामो सरकारी सेवाको दैरानमा शाक्यले २०५५ देखि प्राविधिक सहायक पदबाट स्थायी रुपमा सरकारी सेवा प्रवेश गर्नुभएको थियो । गत मंसिरमा बेनी नगरपालिकामा सहायक स्तर पाँचौँ (नायब शुब्बा) पदबाट अनिवार्य अवकास लिनुभएको थियो ।उहाँले स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपनि अरु नेताहरुले जसरी झुटो आश्वासन नबाँड्ने र वडामा जनताले अनुभुति गर्ने गरि नगरको आर्थिक समृद्धि र समग्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार