कांग्रेस रघुगंगाको पार्टी कार्यालय स्थापना ,सभापति गर्बुजाद्धारा उद्घाटन

बेनी । नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमितिले कार्यालय स्थापना गरेको छ । रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थापना भएको कार्यालयको शुक्रबार एक कार्यक्रमका विच जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गर्बुजाले पार्टीलाई थप सशक्त र व्यवस्थित रूपमा संचालन गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आगमी स्थानीय तहको निर्वाचनमा कांग्रेसको उम्मेद्धारलाई जिताउन एक भएर लाग्न नेता तथा कार्यकताहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला उपसभापति केबी भण्डारी,  जिल्ला सचिब हिराबहादुर पुन,गाउँपालिका अध्यक्ष भब भण्डारी , कांग्रेस क्षेत्र ‘क’का सभापति ओम छन्त्याल ,तरुणदल अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मुकुन छन्त्याल, महाधिवेशन प्रतिनिधि जीवन मल्ल लगायत नेताकार्यकर्ताको सहभागिता थियो । साथै सोही अवसरमा वडा नम्बर ६ पाखापानी निवासी वीर बहादुर शेरपुजा मगर र प्रेम शेरपुजा मगरले ६० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमितिका सभापति एवं वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार