नेकपा एमाले पार्टी कार्यालयको उद्‍घाटन

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यूनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गर्नुभएको हो।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको भन्दै एमाले उपमहासचिव विष्णु रिमालले प्रतिष्ठानसँगको सहकार्यमा व्यावसायिक ढंगलेसमेत सञ्चालन गरिने बताउनुभएको छ । एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट एमाले कार्यालय थापाथलीमा सरेको थियो । त्यहाँ ठाउँ नपुगेपछि तुल्सीलाल स्मृति भवनमा सरेको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार