रघुगंगा गाउँपालिका –४ मा कांग्रेसबाट सर्वसम्मत उम्मेद्वार चयन

दग्नाम । म्याग्दीको रघुगांगा गाउँपालिका–४ ,दग्नाममा नेपाली कांग्रसले उम्मेद्धार टुंगो लगाएको छ । शनिवार बसेकाे  वडा इकाई कार्यसमितिको बैठकले पबिन गर्बुजालाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उम्मेद्वार चयन गरेको हो ।

खुल्ला वडा सदस्यमा चित्र बहादुर गर्बुजा र राजकुमारी गर्बुजा, खुल्ला महिला सदस्यमा कुमारी गर्बुजा र दलित महिला सदस्यमा आरती विश्वकर्मालाई सर्बसम्मत उम्मेद्धार चयन गरेको कांग्रेसले जनाएको छ ।साविक दग्नाम गाविसको सबै टोल, भूगोल र समुदायलाई समेटेर सर्वसम्मत उमेद्वार चयन गरिएको कांग्रेस रघुगांग गाउँपालिका कार्यसमितिका सचिव मोहन तिलिजाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार