![](https://myagdinews.com/wp-content/uploads/2021/12/prachanda-1.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उहाँले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको थियो ।
माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गर्नुभएको थियो । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ । नागरिक खबरबाट