जन्मदिनमा पत्रकार गर्बुजाद्धारा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग

बेनी । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम एक कार्यक्रममा विच प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन राम्जालीलाई हस्तान्तरण गर्नुभयो । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जोगाएर पत्रकारलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको पत्रकार गर्बुजाले बताउनुभयो ।

म्याग्दी न्युज डटकममा आवद्ध गर्बुजा प्रेस युनियन म्याग्दीका उपाध्यक्ष र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीका कोषाध्यक्ष हुनुहुन्छ । म्याग्दीमा क्रियाशिल पत्रकारहरुको आपतकालिन सहयोगको लागि निर्माण गरिएको पाँच लाखको अक्षयकोषलाई हाल अष्ट्रेलियामा रहनुभएका प्रेस युनियन म्याग्दीका पुर्व सभापति गोपाल छन्त्यालले बीस हजार र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले दश हजार रुपैयाँ सहयोग गर्नुभएको सचिव राम्जालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार