इलाममा २५ वर्षपछि कांग्रेसले फर्कायो विरासत

इलाम । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार केशव थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित हुनुभएको छ।

थापाले १३ हजार एकसय ६५ मत पाउँदा चेम्जोङले १० हजार ५८७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि नेपाली कांग्रेसलेनै विजय हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बूले एमालेकी सीता रिजाललाई उपप्रमुखमा पराजित गर्नुभएको हो । दाहालको १३ हजार ५४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाउनुभयो ।

इलाम नगरपालिकामा २०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन । २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचितहुनुभएको थियो। १८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा शुसिला नेम्वाङ निर्वाचित हुनुभएको थियो । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा जित हासिल गरेको हो । १२ वटा वडा रहेको इलाम नगरपालिकामा कांग्रेसले नौवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले तीनवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष तिजेको छ भने बाँकी सवै वडाध्यक्ष कांग्रेसले जितेको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…