जुम्लामा ७६ हजार मतपत्र पुग्यो

जुम्ला। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।

उहाँका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ ।

मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्‍याइनेछ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ । जुम्लामा ६७ हजार सात ४४ मतदाता छन् । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…