रसुवाका निजी घर र सरकारी कार्यालयमा चोरी

रसुवा । रसुवामा दर्जनौँ घर तथा भवनबाट सरकारी र निजी धनमाल चोरिएका छन्। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार आइतबार राति दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो।

चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ।

कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले बताए।उत्तरगया गाउँपालिका–५ वडा कार्यालय र माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नम्बर ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ। विभिन्न कोषबाट अनुसन्धानको काम तीव्र रूपमा अगाडि बढिरहेकाले शङ्कास्पद व्यक्तिको गोप्यरूपमा हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गरेका छन्।रासस

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…