९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले साउनदेखि चैतसम्मको भन्सार तथ्याङ्क जारी गर्दै करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको जानकारी दिएको हो ।

यस अवधिमा ४२ लाख ६८ करोड किलोग्राम अलैँची विदेशतर्फ निर्यात भएको छ । यसमध्ये सबैभन्दा धेरै भारततर्फ निर्यात भएको छ भने पाकिस्तानतर्फ समेत निर्यात भएको तथ्याङ्क भन्सारले दिएको छ । भारतमा ९ महिनाको अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४१ लाख ९८ हजार किलोग्राम अलैँची निर्यात भएको छ ।

यस्तै, सोही अवधिमा ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको यही अवधिमा ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको ९ महिनाको तुलनामा १ अर्ब ८२ करोडले बढी हो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…