![](https://myagdinews.com/wp-content/uploads/2021/01/nirbachan-aaayog.jpg)
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरुलाई आज शनिबार निर्वाचन चिन्ह प्रदान गर्दै छ ।
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरुले उनीहरुको आफ्नै दलको चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गर्ने छ ।
यसअघि शुक्रबार आयोगले उजुरीउपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उनीहरुलाई नै शनिबार निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो ।उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुने छ । नागरिक खबरबाट