बेनीबाट मतदान केन्द्रतिर कर्मचारी हिड्न थाले

बेनी । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् ।जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाको टोलीलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले सोमबार निर्वाचन सामाग्री हस्तान्तरण गरि विदाई गर्नुभयो ।

बेनीबाट गुर्जा पुग्न दुईदिन लाग्छ । अन्य मतदान केन्द्रहरुका लागि पनि कर्मचारी र सुरक्षाकर्मी खटिन थालेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । नजिकका मतदान केन्द्रमा खटिने कर्मचारीहरुले पनि सोमबार सम्म निर्वाचनका सामाग्री बुझ्ने र मंगलबार कार्यक्षेत्रमा पुगीसक्नुपर्ने उहाँले बताउनुभयो । जिल्लामा मतदान अधिकृत एकसय १४ साहयक मतदान अधिकृत एकसय १४, सहायक कर्मचारी दुईसय २८ र सहयोगी कर्मचारी एकसय १४ जना गरी पाँचसय ७० जना कर्मचारी खटाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिनुभयो ।

मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको छ । निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी समेत परिचालन योजना तयार भएको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

निर्वाचन लक्षित गरेर सुरक्षा रणनीति कार्यान्वय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । ‘आर्मी र शसस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसंग पुग्ने तयारी भएको प्रजिअ रानाले जानकारी दिनुभयो । निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी रुपमा कर्यान्वयन गरिएको प्रजिअ रानाले बताउनुभयो ।

निर्वाचन लक्षित गरेर म्यादी प्रहरी छसय १९, नेपाल प्रहरी तिनसय ८०, सशस्त्र प्रहरी दुईसय ६, नेपाली सेना दुईसय ३२ जना परिचालन हुने प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा विर्नाचनका लागि कायम भएका ७४ वटा मतदानस्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने छन् । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा ८५ हजार तिनसय ७५ जना मतदाता छन् । निर्वाचित हुने दई सय ३७ पदका लागि सातसय १८ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार