रघुगंगा–४ दग्नाममा मतदान सम्पन्न

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिकामा–४ दग्नाममा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कुल १०२५ मतदाता भएको जनता माध्यमिक विद्यालय दग्नाम र शिव अधारभुत विद्यालय दर्मिजा मतदान केन्द्रमा जम्मा ६७३ मत खसेको निवार्चन अधिकृत राजकुमार गौतमले बताउनुभयो ।

जनता मावि दग्नामको मतदान स्थलबाट कुल ६९३ मा ४४९ मत र शिव अधारभुत विद्यालय दर्मिजा मतदान स्थलबाट कुल ३३२ मा २२४ मत खसेको छ । वडा नम्वर ४ का वडा अध्यक्ष उम्मेद्वार कांग्रेसबाट पबिन गर्बुजा, माओवादी केन्द्रबाट बिप्रसाद पुृन र एमालेबाट ईन्द्रमान थजालीका प्यानल प्रतिसप्रर्धा रहेको छ ।रघुगंगा–४ वडामा उत्साहित र शान्त वातावरणमा मतदान सम्पन्न भएको अधिकृत गौतमले बताउनुभयो । रघुगंगा गाउँपालिकाको सवै वडाबाट मतपेटिका शिलवन्दी गरि पालिकाको केन्द्र मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन लागिएको उहाँले बताउनुभयो । सवै मतपेटिका आइसकेपछि सर्वपक्षिय वैठक वसी आज राति या भोलि विहानबाट मतगणना सुरु गरिने उहाँले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार