साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

खोटाङ । खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी हुनुभएको हो । उहाँले १९७ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाउनुभएको छ ।
आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कटवाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिनुभएको छ ।

दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी हुनुभएको छ । न्यौपाने नेविसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिवेशनमा प्रदेश प्रतिनिधि बन्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार