विराटनगर १२ को मतगणना पुनः सुरु

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले पछि सरेको हो ।

विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो । वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार