हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत

झापा । झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाउनुभएन । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहादुर नेम्वाङ (लिम्बु) १८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर लिङ्देनले भने जिरो ९०० मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ । हल्दिबारीमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपाकै रविन्द्रप्रसाद लिङ्देन र लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार