स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा ९एमाले०का १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ ओटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदका लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिनुभएको थियो । आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

मतगणना सम्पन्न भएका स्थानीय तहमा हालसम्म एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी बन्नुभएको छ । प्रमुखमा ६०, अध्यक्षमा ११६, उपप्रमुखमा ७९, उपाध्यक्षमा ११८, वडा अध्यक्षमा १ हजार ९०८, महिला सदस्यमा २ हजार ८४, दलित महिला सदस्यमा २ हजार ४२ र सदस्यमा ४ हजार २०२ जना एमाले उम्मेदवार विजयी भएको अयोगले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार