काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्‍याली सुरु गरेका छन् । राष्ट्रिय सभा गृहबाट सुरु भएको विजय र्‍यालीमा उहाँका समर्थकहरुले सहभागिता जनाएका छन् ।

नेकपा (एमाले)का केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा विजयी हासिल गर्नुभएको हो । विजय जुलुसअघिको प्रारम्भिक प्रतिक्रियामा मेयर साहले काठमाडौँलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो। विजय र्‍याली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार