रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् ।

कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, धनमाया घताने गोतामे र सेमिता पुन निर्वाचित हुनुभएको छ । त्यसैगरि दलित वा अल्पसंख्यक तर्फको दुई जनाको कोटामा कांग्रेसबाट सम्झाना परियार र नेकपा माओवादी केन्द्रबाट होमबहादुर दर्जी विजयी हुनुभएको छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारले २७ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले १५ मत प्राप्त गरेका छन् । रघुगंगामा नेपाली कांग्रसको २७ जना र नेकपा एमालेको १५ जना मतदाता छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार