सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी

रुपन्देही । रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।

वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताउनुभयो ।

उहाँले उक्त वडाको डाईभर टोलमा चौकिल्ला बनाउनका लागी लगातार तीन दिनसम्म जाँदा पनि काम नभएको गुनासो गर्नुभयो । उहाँले आफू जस्तो धेरै भएको र सवैको सहमतिमा तालाबन्दी गरेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार