अन्तर्राष्ट्रिय सम्झौता गर्दा राजनीतिक दलहरुबीच साझा धारणा बनाउनुपर्छ : सांसद अर्याल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा राजनीतिक दलहरूका बीचमा साझा धारणा बनाउनुपर्ने बताउनुभयो ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको साझा धारणा बन्नुपर्ने बताउनुभयो । उहाँले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुशी पार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै कुनैपनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको बताउनुभयो । उहाँले परराष्ट्र नीति र वैदेशिक सम्बन्धका बारेमा राष्ट्रिय नीति आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सबैभन्दा धेरै सोच्नुपर्ने कुरा के छ भने यो अझै एमसीसीकै पार्ट हो भनेर पनि आइराखेको छ । हामी यदी जिम्मेवार राजनीतिक पार्टीहरू हौँ भने सोच बनाउनुपर्यो, कुनै कुरो अन्तर्राष्ट्रिय हिसाबले छलफल गर्ने, कुनै सम्झौता, सन्धी गर्न जाने बेला भन्दा अगाडी नै कम्तिमा राष्ट्रिय स्तरका दलका सम्पूर्ण नेता राखेर, बसेर छलफल गरेर जानुपर्यो र एउटा हाम्रो आफ्नै राष्ट्रिय धारणा बन्नुपर्यो ।’अर्यालले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिने बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…