काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपीमा सहभागी नुहने भनेर आफ्नो नेतृत्वको सरकारले टुङ्ग्याएको दावी गर्नुभएको छ । शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले टुंगो लागिसकेको बताउनुभएको हो । तर अहिले भ्रम फिँजाएर प्रचण्डले केपी ओलीको नेतृत्वमा एसपीपी कार्यान्वयन गरेर बेइमानी गरेको दावी गर्नुभयो ।
‘अस्तिमात्रै प्रचण्डले यो त केपी ओलीले गरेको भनेर भ्रम फिँजाए । झुठ र बेइमानीको पनि हद हुन्छ नि !’ ओलीको भनाइ छ । उहाँले नेता कार्यकर्ताहरूलाई जे सुनिन्छ त्यसमा नलाग्न र भ्रममा नपर्न आग्रह गर्नुभयो । एसपीपीबारे ओलीले दिन दिनांक नै बताउन सक्ने भन्दै भन्नुभयो, ‘असोज ३ गते संविधान जारी भो । यो समय प्रधानमन्त्री र रक्षामन्त्री एकैजना हुनुहुन्थ्यो सुशिल कोइरालाजी ।
उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएछ र यो एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।’ ओलीले त्यो निर्णय असोज १३ गते नै सैनिक हेडक्वार्टरमा पठाएको दावी गर्नुभयो । ‘तर म असोज २४ मा प्रधानमन्त्री निर्वाचित भएँ त्यसबेला प्रधानसेनापतिले अमेरिकी दूतावासलाई पत्र लेखेका रहेछन् । सामान्यतया सेनापतिले पत्र लेख्दैनन्’, अोलीले भन्नुभयो, ‘जबकी म प्रधानमन्त्री भैसकेको छु । त्यो बताइएन । गुपचुप राखियो’, ओलीले सेनाप्रति असन्तुष्टि जनाउनुभयो ।
त्यसपछि प्रचण्ड प्रम भएको बेला ०७४ बैशाख २४ गते राजेन्द्र क्षेत्रीले नै प्रधानसेनापतिको हैसियतमा अमेरिकी सेनाको पेसिफिक कमाण्डलाई पत्र लेखेको भन्दै ओलीले उक्त कुरा पछिल्लो एमालेको सरकार आएपछि गाइँगुईँ चलेको बताउनुभयो । ‘२०१९ मा इण्डोप्यासिफिक भनेर ट्रम्पले ल्याए । त्यसमा नेपाल र श्रीलंका पनि संलग्न भएका छन् भनेर उनीहरुले उल्लेख गरेपछि हामीले गएका छैनौ, जाने कुरा पनि छैन भन्यौ’, ओलीले भननुभयो, ‘हामी पञ्चशील, तथस्टताको नीति मान्छौ, कुनैपनि मेलिटरी गठबन्धनमा सहभागी हुँदैनौ भनेर छानविन समिति बनायौ ।’
उहाँले सोही छानविन समितिको रिपोर्टका आधारमा एसपपीपी अस्वीकार गरेको भएपनि अहिले त्यो च्याप्टर जोडेर भ्रममा पार्न खोजिएको बताउनुभयो । अध्यक्ष ओलीले माधव नेपालले एउटा ठिकै कुरा बोलेको भन्दै रक्सी खाएर प्रधानमन्त्रीलाई सही होला भनेर । उहाँले नेकपा एमाले रक्सी नखाने भन्दै रक्सी खाएर सहि पनि नगर्ने बताउनुभयो । ‘यदि रक्सी खाएर महान संघर्षलाई बल दिन सक्ने भए मैले लड्नेगरी खाइदिन्थे तर हामी निन्द्रामा पनि सतर्क हुनुपर्छ । जाली फटाहा छेउमा छ भने औलो समातेर सुत्नुपर्छ’, ओलीको भनाइ छ । ratopati


























