खेलाडी उपचार केन्द्रका लागि बजेटको व्यवस्था गर्छौं : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक बर्षदेखि खेलाडीहरूको उपचार व्यवस्थाका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्ने बताउनुभयो । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत उठेका प्रश्नहरुको जवाफ दिँदै खेलाडीहरूको संरक्षण र विकासका लागि खेलकुद वीमाको अवधारणा विकास गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘दुर्घटनामा परेका खेलाडीहरूको उपचारका लागि चिकित्सा केन्द्रका लागि बजेटको व्यवस्था गरिएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलाडी तथा प्रशिक्षक जिवन बिमा गरिएको छ । आकस्मिक उपचार सहयोग, खेलाडी पुरस्कार, ओलम्पिक खेलमा सहभागी भत्ता र उत्कृष्ट खेल पुरस्कारको व्यवस्था गरिएको छ ।’

एक स्थानीय तह एक खेल पूर्वाधार केन्द्र विकास गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निरन्तर विकास भइरहेका खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक बर्षमा १ सय २१ वटा पालिकामा बजेट जाने व्यवस्था गरिएको मन्त्री पौडेलले बताउनुभयो । स्थानीय तहमा खेल पूर्वाधारका लागि स्थानीय तहबाट नै ठाउँ छनौट गरी प्रस्ताव आह्वान गरिएको बताउनुभयो । त्यसका लागि बजेट नियोजनको अधिकतम सीमा २ करोड भएको उहाँले बताउनुभयो । सबै पालिकालाई समान रुपमा बजेट पठाइने उहाँले बताउनुभयो । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…