तलब बढाइएको छ, कर्मचारीहरु काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाउनुभयो ।

‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ,’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भन्नुभयो । समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने देउवाको भनाइ छ । ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ,’ उहाँले भन्नुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा औपचारिक र अनौपचारिक दुबै क्षेत्रबाट अपेक्षाकृत लाभ उठाउन सबै एकजुट भइ कार्य गर्न जरुरी रहेको देउवाले बताउनुभयो । यस सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने विषय समेटिएको उहाँको भनाइ छ । ‘ट्रेड युनियन काँग्रेस र अन्य ट्रेड युनियनले श्रमिकको सुरक्षा र सुविधाका लागि उठाएको विषय संवेदनशील छ । सरोकारवालासँग छलफल गरी सम्बोधन गर्दै जाने तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु,’ उहाँ भन्नुहुन्छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…