भदौ मसान्तसम्म सडक खन्न नपाइने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ।

बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो।

सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रष्ट पारेको छ।

‘कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ,’ विभागले भनेको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : भौतिकमन्त्री यादव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्य अनुसारको सडक निर्माण नहुने देखिएको बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले…

thumbnail

प्रशिक्षणका लागि राप्रपाले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौं । राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ । राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेतारकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो । असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण…

thumbnail

मैले गरेको कामको परिणाम पछिसम्म देखिनेछ : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गर्नुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले…