रुपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु

भैरहवा । रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ । रेग्मीका अनुसार बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको रेग्मीको भनाइ छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…