ललितपुर महानगरले डा.सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो ।

साथै नागरिकलाई नैतिकवान स्वावलम्बी एवम् असल समाज र असल चरित्र निर्माण गर्न महानरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बौद्ध परियति शिक्षालाई ऐच्छिक पाठ्यक्रमका रुपमा समावेश गर्ने नीति लिने जनाएको छ ।

ललितपुर महानगरपालिकाले नीति तथा बजेट मार्फत एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना गर्ने, नगर स्तरीय आवधिक शिक्षा योजना निर्माण गर्ने, कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यक्रम/पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

महानगरले विद्यालयको पूर्वाधार र जनशक्तिको आधारमा पाँच विद्यालयमा स्टिम कार्यक्रम सञ्चालन गर्ने, विद्यालय स्तरमा खेलकुल कार्यक्रमलाई प्रोत्साहन गर्न माध्यामिक स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने घोषणा पनि नीति तथा कार्यक्रममा उल्लेख छ । अनलानइखबरबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…