काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्दा सरकारले अवरोध गर्नु ठिक नभएको बताउनुभएको छ । नेपालगञ्जको वीरेन्द्र चोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको वीरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको थियो।
धम्बोजी चोकमा पहिले पनि वीरेन्द्रको सालिक राख्न खोज्दा विवाद भएको थियो । राप्रपा कार्यकर्ताले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि विवाद भएको छ । यसबारे अध्यक्ष थापाले सालिक राखेर राजा फर्कने नभई इतिहासको सम्झना मात्रै हुने बताउनुभएको छ ।
‘आन्दोलनको रापतापमा राजालगायत विपी,भानुभक्त समेतको सालिक तोडफोड गरियो। त्यो गलत थियो,’ उहाँले भन्नुभएको छ , ‘नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन। शालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’ सेतोपाटीबाट