पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो। त्यसका आधारमा अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, नेपाल आयल निमगले मूल्य घटाएको हो।

आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाइएको निगमका प्रवक्ता पुष्कर कार्कीले जनाएका छन्। अब पेट्रोल प्रतिलिटर १७०, डिजल र मट्टीतेल प्रतिलिटर १५३ तय भएको छ। हिमालखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार