काठमाडौँ । नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको चलखेल भएको बताउनुभयो ।
उहाँले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला भएको बताउनुभयो । यसभन्दा अगाडि २२ करोड रुपैयाँ घोटाला भएको भन्दै उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट भएको घोटालाको छानविन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘मूल्य वृद्धि गर्दै सरकारले राहत हैन आहत दिने काम गरेको छ । योबेला आहात दिने हैन राहत दिने बेला हो । मूल्य वृद्धिले जनतालाई कष्टकर बनाएको कुरा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । केपी शर्मा ओलीले सरकार छोडेपछि मूल्य वृद्धि गर्न यो सरकारलाई के आइलाग्यो रु यसको जवाफ चाहन्छौँ । जनताको जिवन र जिविकासँग जोडिएको विषयमा किन मूल्य वृद्धि गरियो रु’
उहाँले सम्बन्धित मन्त्रीले सदनमा आएर जवाफ नदिँदा सम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले सभामुखले सम्बन्धित मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न माग गर्नुभयो । सभामुख अग्नि सापकोटाले एमालेले उठाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै मूल्य वृद्धिका बारेमा सत्यतथ्य के हो त्यसबारे सदनमा जानकारी गराउनका लागि सबन्धित मन्त्रीलाई निर्देशन दिएपछि एमालेले सुरु गरेको अवरोध स्थगित गरेको थियो । रातोपाटीबाट