४९.३१ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम सोमबार समेत निरन्तर रह्यो । ४९.३१ अंकले घटेको बजार १८८४.८१ बिन्दुमा झरेको छ । यो अघिल्लो पटकको ‘बुल’को सबैभन्दा उच्च बिन्दु १८८१ को नजिक हो ।

सोमबार नै सो बिन्दुभन्दा पनि तल झरेको बजार केही सम्हालिन खोजेपनि अन्तिममा ४९.३१ अंकले घटेको हो । सोमबार कुल २३० कम्पनीको ३६ हजार ४६४ वटा कारोबारबाट ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबै उपसमूहको मूल्य ओरालो लागेको छ ।

सबैभन्दा धेरै विकासका लगानीकर्ताले गुमाए । घट्दो बजारमा समेत आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ७२१.९० पुगेको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेर ५००.३० रुपैयाँ पुगेको छ । ओरियन्टल होटेल्सको मूल्य ६ रुपैयाँ बढ्यो ।

तेह्रथुम पावर कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यसको मूल्य ४२२.१० रुपैयाँमा झरेको छ । कालिका पावर कम्पनी, रिभर फल्स पावर, कर्णाली विकास बैंकसहितका कम्पनीको मूल्य समेट सर्किट लेवलमा झरेको छ । सोमबार प्रभु बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार