नेपालमा थप २६० जनामा कोरोना पुष्टि

काठमाडौं। पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १४ जना र १ हजार ८१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ११ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार १७१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ८५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार