म्याग्दीका धुर्वसागर शर्मा प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीका धुर्वसागर शर्मा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी हुनुभएको छ । शर्मा लोकप्रिय मत प्राप्त गर्नुभएको छ । मतदानमा शर्माले ९०५ मत ल्याएर निर्वाचित हुनुभएको हो । युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा केन्द्रिय सदस्यमा सबै भन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको हो ।

शर्मा सहित केन्द्रिय सदस्यमा (गण्डकी प्रदेश खुला)तर्फबाट घनश्याम बगाले विजयी हुनुभएको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जनाको कोटामा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।

दुई दशक बढी समयदेखि म्याग्दीमा पत्रकारितामा क्रियाशिल शर्मा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुनुहुन्छ भने प्रेस युनियन म्याग्दीको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । शर्मा राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स, इमेज टेलिभिजन, थाहा खवर रेडियो, अनलाईन लगायतका सञ्चार माध्ययममा आबद्ध हुनुहुन्छ । युनियनको अध्यक्षमा स्याङ्जाका शिव लम्साल विजयी हुनुभएको छ । यसैगरी प्रेस युनियनको केन्द्रीय महासचिबमा बागलुङका दिलिप पौडेल र केन्द्रीय सदस्यमा पर्वतका साजन परियार, माया अधिकारी समेत निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार